Here are all 14 questions on खण्ड क: कविता र नाटक asked in UPSC Nepali Literature Optional Paper II (2017), arranged under the 6 topics of this unit. Within each topic the latest questions come first.
Each question ends with a code such as [2024/15m/3b] – the year, the marks, the word limit (where UPSC set one) and the question number in the paper.

1.1] सन्त ज्ञानदिलदास
2 questions
निम्नलिखित पद्यांशहरूको सन्दर्भसहित व्याख्या (150 शब्दमा) प्रस्तुत गर्दै तिनका वैशिष्ट्यहरूको उल्लेख गर्नुहोस्: सत्ते त्रेता द्वापर कलीयुग लाग्यो।
दया धर्म जति सबै पर पर भाग्यो॥
दया छैन मनमा धर्म छ काँहाँ।
कल्याहा र क्रोधी कलियुग माँहाँ॥ [2017/10m/1b]‘उदय लहरी’ काव्यको भाव-पक्ष र शैली-पक्षको समीक्षा गर्दै यसको साहित्यिक मूल्यमाथि मीमांसा गर्नुहोस्। [2017/20m/3a]
1.2] लेखनाथ पौड्याल
3 questions
निम्नलिखित पद्यांशहरूको सन्दर्भसहित व्याख्या (150 शब्दमा) प्रस्तुत गर्दै तिनका वैशिष्ट्यहरूको उल्लेख गर्नुहोस्: धरित्रीमा सत्य, श्रम र पसिनाको भर परी
तपस्या जो गर्छन् सरल मनले जीवनभरी।
तिनैको त्यै सत्य, श्रम र पसिना-रूप तपको
चिरस्थायी यै हो परिणति उज्यालो गजबको॥ [2017/10m/1a]‘तरुण-तपसी’ काव्यमा प्रदर्शित सामाजिक र आध्यात्मिक पक्षहरूको सोदाहरण व्याख्या गर्नुहोस्। [2017/15m/2c]
‘तरुण-तपसी’ काव्यका माध्यम कवि लेखनाथ पौड्यालले मानव-समाजलाई दिन चाहेका सन्देशहरूको चर्चा गर्नुहोस्। [2017/15m/4c]
1.3] अगमसिंह गिरी
3 questions
निम्नलिखित पद्यांशहरूको सन्दर्भसहित व्याख्या (150 शब्दमा) प्रस्तुत गर्दै तिनका वैशिष्ट्यहरूको उल्लेख गर्नुहोस्: अस्तित्वको हाम्रो मक्किनलागेको टेवालाई
काँध हाल्न आउने, अँ मान्छे चाहिएको छ
सन्तान चाहिएको छ,
बाँझा इच्छा र सपनालाई हाम्रो
हरिलो-भरिलो पारिदिने
एक होइन, हजारन् उपस्थिति चाहिएको छ। [2017/10m/1c]निम्नलिखित पद्यांशहरूको सन्दर्भसहित व्याख्या (150 शब्दमा) प्रस्तुत गर्दै तिनका वैशिष्ट्यहरूको उल्लेख गर्नुहोस्: सहने सोझाहरूका सैयन् मुटुको विझ्ने शोला बनिदे
तिमिर-विनाशक युगको झरिलो अग्नि-पुञ्जको गोला बनिदे
सल्केको तँ आग्नेय-गिरि बन्, ल्याई विद्युत आँधी गर्जन
सहिष्णुताको सरल उज्यालो-हिम-शिखर झैं नबन्-नबन्। [2017/10m/1e]पाठ्य-कविताहरूका सन्दर्भमा कवि गिरीको जातीय चेतना र अस्तित्व-बोधबारे समीक्षा गर्नुहोस्। [2017/15m/3b]
1.4] हरिभक्त कटुवाल
2 questions
निम्नलिखित पद्यांशहरूको सन्दर्भसहित व्याख्या (150 शब्दमा) प्रस्तुत गर्दै तिनका वैशिष्ट्यहरूको उल्लेख गर्नुहोस्: यो देशको माटोले भन्छ
यो देशको ढुंगाले भन्छ
हाम्रो पनि रातो रगत यहीँ बगेको छ
हाम्रो पनि तातो पसिना यहीँ खसेको छ। [2017/10m/1d]‘यो जिन्दगी खै के जिन्दगी’ र ‘आकाशका तारा, के तारा?’ कविताहरूमा प्रयुक्त बिम्ब र प्रतीक योजनाबारे सोदाहरण विवेचना गर्नुहोस्। [2017/20m/4a]
1.5] बालकृष्ण सम
2 questions
“दृष्टान्तमा यो नाटक बनाई शक्तिमान तर हृदयहीन हिरण्यकशिपु र दयावान् तर शक्तिहीन प्रह्लादलाई अघि सारेर प्राचीन समयलाई लिई आधुनिक हिट्लर र गान्धीको समयमा छाप पार्न खोजेको हुँ”–प्रस्तुत भनाइको सन्दर्भलाई लिएर ‘प्रह्लाद’ नाटकको वैचारिक पक्षको मूल्याङ्कन गर्नुहोस्। [2017/20m/2a]
‘प्रह्लाद’ नाटकको शीर्षक सार्थकतामाथि चर्चा गर्दै प्रह्लाद पात्रको चरित्रगत विशिष्ट गुणहरूको मूल्याङ्कन गर्नुहोस्। [2017/15m/3c]
1.6] मनबहादुर मुखिया
2 questions
‘सुस्केरा’ एकाङ्कीमा चित्रित शिक्षक जीवन-वृत्तिको मार्मिक पक्षलाई अङ्कित गर्दै यस एकाङ्कीमा ‘सङ्कलन-त्रय’-को निर्वाहबारे विश्लेषण गर्नुहोस्। [2017/15m/2b]
‘अँध्यारोमा बाँच्नेहरू’ एकाङ्कीमा चित्रित समाजको दुर्दशाको कारण र परिणामबारे सार्थक समीक्षा गर्नुहोस्। [2017/15m/4b]
« Previous: खण्ड ख: नेपाली साहित्य · Next: खण्ड ख: आख्यान र निबन्ध »
Back to: Nepali Literature Optional PYQs – Topic-wise
Last updated: 2 November 2026

